logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • रोहिंग्या शरणार्थीहरुलाई ठगी गरेको आरोपमा तीन बंगलादेशी पक्राउ

    रोहिंग्या शरणार्थीहरुलाई ठगी गरेको आरोपमा तीन बंगलादेशी पक्राउ

    4.8K
    Shares

    काठमाडौं । बंगलादेशको शरणार्थी क्याम्पमा भएका वर्मेली रोहिंग्या शरणार्थीहरुलाई ठगी गरेको आरोपमा तीन जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। 
    केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार पक्राउ पर्नेमा बंगलादेशी नागरिक नुरुल अमिन, सोफिक आलम र अजमत उल्ला छन्। यो समुहले रोहिंग्या शरणार्थीलाई नेपालबाट अमेरीका, यूरोप लगायतका देशहरु पठाईदिन्छु भन्दै नेपाल ल्याएर दुई लाख ५० हजार टाका (बंगलादेशी मुद्रा) ठगी गरेको आरोप छ। 
    ब्यूरोका प्रमुख डीआईजी धिरज प्रताप सिंहका अनुसार नेपाल पुगेपछि अमेरिका जाने परिचय पत्र बनाईदिने र मासिक भत्ता समेत दिलाई दिने भन्दै भारतको बाटो हुँदै नेपाल ल्याएर ठगी गरेका थिए। पक्राउ परेका तीनजनाविरुद्ध मानव बेचविखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भईरहेको ब्यूरोले जनाएको छ। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend