logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बैङ्किङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

    बैङ्किङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

    4.2K
    Shares

    काठमाडाैं । बैङ्किङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले काठमाडाैंकाे बूढानीलकण्ठ घर भइ बारा जिल्लाकाे जितपुर बस्ने कृष्णबहादुर थापालाई पक्राउ गरेकाे हाे ।

    रविन्द्र थापाकाे जाहेरीका आधारमा बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले थापालाई गएकाे वर्ष मंसिर २२ गते १ करोड २५ लाख बिगाे रकमसहित १७ दिन कैद सजाय सुनाएकाे थियाे । 

    त्यसअघि पनि थापालाई राजन श्रेष्ठकाे जाहेरीका आधारमा ०७३ साल माघ १० गते काठमाण्डौ जिल्ला अदालतले चेक अनादरसम्बन्धी मुद्दामा १७ लाख र उक्त रकमकाे ब्याजसहित १ वर्षकाे कैद सजाय सुनाएकाे थियाे ।

    अदालतकाे फैसलापछि फरार रहेका थापालाई प्रहरीकाे टाेलीले गएकाे शनिबार वीरगञ्ज उपमहानगरपालिका –१५ पूर्णिमा चाेकबाट पक्राउ गरेकाे हाे ।

    press-r.JPG


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend