logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ‘अपरेसन ह्यास’  : ह्यान्डिक्राप्टमा चरेश तस्करीको पर्दाफास, १९ वर्ष जेल बसेका उर्पाको संलग्नता !

    ‘अपरेसन ह्यास’  : ह्यान्डिक्राप्टमा चरेश तस्करीको पर्दाफास, १९ वर्ष जेल बसेका उर्पाको संलग्नता !

    5.4K
    Shares

    काठमाडौं । गएको भदौ २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले कतार जान लागेका दुई जना क्रमशः म्याग्दीका श्यामप्रसाद रोक्का र वीरबहादुर रोक्कालाई चार किलो ३५ ग्राम चरेशसहित नियन्त्रणमा लियो।

    सुटकेश भित्र फल्स बटम बनाएर चरेश कतारतर्फ तस्करी गर्न खोजेका रोक्काद्वयले लुकाएर लैजान खोज्दा एक्स–रे मेसिनले पत्ता लगाएपछि उनीहरु पक्राउ परे। लागू औषध नियन्त्रण ब्यूरो (एनसीबी) ले उनीहरुलाई थप अनुसन्धन गर्दा एउटा अर्को तस्करी गिरोहको पर्दाफास भयो।

    रोक्काद्वयलाई चरेश बोकाएर कतार पठाउने गिरोहका मुख्य नाइके धादिङका माइला भन्ने कृष्णबहादुर तामाङ, कतार पठाएबापत फाइदाको हिस्सेदार याङ्की भन्ने जितबहादुर तामाङ, विदेश जान मानिस खोज्ने धादिङकै अनिलबहादुर घले, विदेश जानेलाई जिम्मा लगाउने म्याग्दीका दिलबहादुर रोक्काको भूमिका देखिएपछि एनसीबीले यो समूहलाई नियन्त्रणमा लियो। ch.jpgपक्राउ मध्येका माइला भन्ने कृष्णबहादुर तामाङको भूमिका यो घटनामा मात्रै नभएर अन्य लागू औषध तस्करीमा पनि संलग्नता देखिएपछि थप केरकार गर्दा से से भन्ने नुवाकोटका उर्पा तामाङको भेद खुल्यो। उर्पालाई खोज्दै जाँदा सामाखुसीस्थित डेरामा पुग्दा एनसीबीको टोली चकित पर्यो। उर्पाको कोठामा ह्यान्डिक्राप्टका सामानहरु मिलाएर राखिएका थिए। योसँगै पेपर कटर, टेप, गम, डायरी ह्यान्डिक्राप्टका विभिन्न रंगसहितका सामग्री राखिएका थिए। 

    cha 1.jpg
    उक्त दृश्यले प्रहरी झन सशंकित बन्यो। ह्यान्डिक्राप्ट खोतल्दै जाँदा फल्सबटम बनाएर चरेश राखिएको फेलापर्यो। ६६ वटा ह्यान्डिक्रप्टमा चरेश लुकाएका थिए भने १६ वटा डायरीमा समेत बाहिरको कभर भित्र चरेश लुकाइएको थियो। वीरबहादुर तामाङ चरेश खरिदका लागि उर्पालाई पैसाको व्यवस्थापन गर्ने मध्येका एक थिए। 
    उर्पा र वीरबहादुरको संयुक्त लगानीमा चरेश तस्करी हुँदै आएको रहस्य खुल्यो।

    haaa.jpg एनसीबीका अनुसार यी दुईले हङकङ, थाइल्याण्ड र टर्कीमा चरेश निर्यात गर्ने गरेका थिए। नेपालको विमानस्थलमा सेक्युरिटी कडा हुने देखिएपछि सडक मार्गहुँदै भारतको कलकत्ता पठाएर चरेश यी मुलुकमा पठाउँदै आएको एनसीबी प्रमुख एसएसपी हृदय थापाले दिए।

    कोभिड–१९ को कारणले हङकङमा चरेश पठाउन नसकेपछि उर्पाले कृष्ण बहादुरमार्फत दोहामा चरेश पठाउन खोज्दा विमानस्थलमा रोक्काद्वय पक्राउ परेको रहस्य बल्ल खुल्यो। जतिबेला कृष्णबहादुरले उर्पाको भेद खुलाए। 

    ins.jpg

    को हुन् उर्पा
    नुवाकोटका से से भन्ने उर्पा तामाङ यसअघि पनि लागू औषध कारोबार गरेकै आरोपमा पक्राउ परेका ‘नोटोरियस’ थिए। २०५४ सालमा खैरो हेरोइन कारोबार गरेको आरोपमा पक्राउ परेका उर्पा १९ वर्ष जेल सजाय भुक्तान गरेर २०७३ मा सुन्धारा कारागारबाट छुटेका थिए।

    उनले जेल भित्र थान्का र ह्यान्डिक्राप्ट बनाउन जानेका थिए। जेलबाट छुटेपछि पुरानै चिनजानको कृष्ण बहादुरलाई प्रयोग गरेर लागू औषध चरेशको कारोबार सुरु गरेका थिए। उर्पाले विदेश खासगरी इजरायल जानेलाई नक्कली सर्टिफिकेट बनाएर एउटाको १० हजार रुपैंयामा बिक्री गरेको रहस्य समेत खुलेको छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend