logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • अस्ट्रेलियामा भूकम्प, मेलबर्न सहरका केही घर भत्किए

    अस्ट्रेलियामा भूकम्प, मेलबर्न सहरका केही घर भत्किए

    2.4K
    Shares

    काठमाडाैं । दक्षिणपूर्वी अस्ट्रेलियामा ५.९ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएकाे छ । भूकम्पका कारण मेल्बर्न सहरमा भवनहरू भत्किएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्  ।

    स्थानीय समयानुसार बुधवार बिहान ९:१५ बजे म्यान्सफील्डमा केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकम्पकाे केन्द्रबिन्दु भएकाे स्थान भिक्टोरिया राज्यको राजधानी नजिक पर्छ । अस्ट्रेलियामा आएको यो भूकम्प केही वर्ष यताकाे सबैभन्दा ठूलो मध्येको एक हाे ।

    भूकम्पको धक्का छिमेकी साउथ अस्ट्रेलिया र न्यू साउथ वेल्स राज्यमा पनि महसुस गरिएको थियो ।

    भूकम्पबाट खासै क्षति नभएकाे त्यहाँकाे सरकारले बताएकाे समाचारमा उल्लेख गरिएकाे छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले कोही पनि गम्भीर घाइते भएको विवरण प्राप्त नहुनु सुखद् भएकाे प्रतिक्रिया दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend