एजेन्सी । २० वर्षसम्म यौन व्यवसायमा संलग्न रहेकी एक महिलाले आफ्नो विगतका बारेमा खुलासा गरेकी छिन् । उनले समाजिक सञ्जालमा भिडियाे बनाएर आफ्नाे पीडादायी विगतबारे खुलासा गरेकी हुन् ।
एश्ले क्लार्क हफम्यान नामकी महिलाले सामाजिक सञ्जालमा कयाैँ भिडियोहरु अपलोड गरेकी छिन् । उनका केही भिडियोहरु भाइरल पनि भएका छन् । एश्लेले आफू यौन व्यवसायको दलदलमा बाध्यतामा फसेकाे पनि बताएकी छन् । उनले केही समय अघिमात्र यो व्यवसाय छोडेर अब सामान्य महिलाको जीवन बाँच्न थालेकी छिन् ।
यौनकर्मीका रुपमा उनले १६ हजारभन्दा धेरै पुरुषहरुसँग सम्बन्ध बनाएकी छिन् । तर, अहिले उनले यो पेसा छोडेकाे द सनकाे रिपाेर्टमा उल्लेख छ । उनी अब छिटै बिहे पनि गर्दैछिन् । एश्लेका अनुसार उनी सुरुमै यो काम छोड्न चाहन्थिन् तर उनको अगाडि कैयौँ बाध्यताहरु थिए ।
एश्लेका अनुसार उनका हुनेवाला पतिलाई उनको विगतले कुनै असर पर्दैन । उनीहरु अब नयाँ जीवन सुरु गर्ने तयारीमा छन् । सामाजिक संजालमा धेरै मानिसहरुले एश्लेलाई हौसला दिइरहेका छन् र उनलाई नयाँ जीवनको लागि बधाइ दिइरहेका छन् । केहीले भने उनलाई लज्जित बनाउने पनि प्रयास गरिरहेका छन् ।