logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • बिराटनगरद्वारा चितवनलाई एक सय ५२ रनको लक्ष्य

    बिराटनगरद्वारा चितवनलाई एक सय ५२ रनको लक्ष्य

    1.9K
    Shares

    काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेटमा विराटनगर वारिवर्सले जितका लागि चितवन टाइगर्सलाई एक सय ५२ रनको लक्ष्य दिएको छ ।

    टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ५१ रन बनायो । खराब सुरुवात गरेको विराटनगरका लागि सिकन्दर राजाले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । 

    उनले ४७ बलमा ७ छक्का र दुई चौका प्रहार गरे । अनिल शाहले ३२ रन, सौरभ खनालले अविजित ३० रन बनाए । बिक्रम भुसालले ७ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो संख्यामा रन बनाउन सकेनन् । 

    बलिङमा चितवनका लागि कप्तान सोमपाल कामी, कमल ऐरी, करिम जनत र सागर ढकालले दुई दुई विकेट लिए । इपीएलका आइतबार दुई खेल हुनेछ । दिउँसो १ः३० बजे सुरु हुने अर्को खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोज भिड्नेछन् । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend