काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौं एनभीए क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । राष्ट्रिय खेलाडीले भरिएको आर्मीले कर्णालीलाई २५–८, २५–१४, २५–७ ले स्तब्ध् बनायो । जितसँगै आर्मीले तीन अंक बनाएको छ । कणाीलीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
नेपाल भलिबल संघको आयोजनामा सञ्चालित प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । च्याम्पियनसिपको विजेताले चार लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेतालाई दुई लान र तेस्रो हुने टोलीलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ । च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाको ५ टोलीले आगामी चैतमा आयोजना हुने क्लब लिग भलिबलमा स्थान बनाउने छन् ।