logo

२०८१ पुष १७ बुधबार

logo
  • बुधबार, १७ पुष २०८१
  • सत्ता गठबन्धनको बैठक : दलसम्बन्धी अध्यादेश फिर्ता र मन्त्रिपरिषद् विस्तारमा जोड 

    सत्ता गठबन्धनको बैठक : दलसम्बन्धी अध्यादेश फिर्ता र मन्त्रिपरिषद् विस्तारमा जोड 

    1.7K
    Shares

    काठमाडौं । सत्ता गठबन्धन दलका नेताले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकले केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिएका हुन् ।

    गठबन्धनमा संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत जुटाएर दल विभाजन गर्ने गरी ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्ने विषयमा विवाद छ ।

    माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको जोडबलमा सरकारले यो अध्यादेश २३ भदौमा प्रतिनिधिसभामा टेबल गरेको छ । तर यो अध्यादेश कायम रहँदासम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुने जनता समाजवादी पार्टी (जसपा) ले अडान राखेको छ ।

    अध्यादेश र त्यसअनुसार भएका कामविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन मानेन । अब अध्यादेश फिर्ता लिन एकीकृत समाजवादीका नेताहरु सकारात्मक देखिएका छन् ।

    बैठकमा सहभागी नेताहरुले एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुसँग छलफल गरेर गतिरोध हटाउने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइएको एक नेताले बताए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend