logo

२०८१ पुष १७ बुधबार

logo
  • बुधबार, १७ पुष २०८१
  • थपिए आठ सय ३४ संक्रमित, ९ को मृत्यु

    थपिए आठ सय ३४ संक्रमित, ९ को मृत्यु

    2.8K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा आठ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्या तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार एक सय ४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । निको हुनेको संख्या एक हजार २७९ जना रहेको छ । 

    आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९१ हजार ३९२ पुगेको छ । यससँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ । ७ लाख ६१ हजार एक सय ५४ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार एक सय ४२ जना रहेका छन् । जसमध्ये १७ हजार ८१३ जना होम आइसोलेसनमा रहेका छन् । एक हजार तीन सय २९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये तीन सय ६८ जना आईसीयू र एक सय २० जना भेन्टिलेटरमा उपचाररत छन् ।

    मन्त्रालयका अनुसार १० वर्ष मुनिका २२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ देखि २० वर्ष उमेर समूहका ६४ जना कोरोना संक्रमित थपिएका छन् ।Coorrrr-0000.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend