एजेन्सी । तालिबानले अफगानिस्तानको हेलमन्ड प्रान्तका नाऊहरुलाई दाह्री नकाट्न वा नमिलाउन प्रतिबन्ध लगाएको छ ।
दाह्री काट्नु वा मिलाउने कार्यले इस्लामिक कानुनको उल्लङ्घन गरेको भन्दै तालिबानले यस्तो चेतावनी दिएको हो । राजधानी काबुलका केही नाऊहरूले आफूहरूलाई पनि त्यस्तै निर्देशन दिइएको बताएका छन्।
दक्षिणी हेलमन्डका सैलुनहरूमा टाँसिएका सूचनामा तालिबान अधिकारीहरूले नाऊहरूले कपाल र दाह्री काट्दा शरिया कानुन मान्नुपर्ने उल्लेख गरिएको बीबीसीमा उल्लेख छ।
काबुलस्थित एक नाऊलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘लडाकुहरू आइरहन्छन् र हामीलाई दाह्री मिलाउन रोक्न निर्देशन दिइरहन्छन् ।’
गत महिना सत्ता कब्जा लिएपछि तालिबानले विपक्षीविरुद्ध कडा कारबाही गर्दै आएको छ। शनिाबर तालिबानका लडाकुहरूले चारजना अपहरणकारीहरूलाई गोली हानेर मारिदिएका थिए र उनीहरूले शरीर हेरात राज्यको सडकमा झुन्ड्याइएको थियो।