logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बयानमुखी अनुसन्धानमा केन्द्रित हुँदा ‘चिप्लियो’ प्रहरी

    बयानमुखी अनुसन्धानमा केन्द्रित हुँदा ‘चिप्लियो’ प्रहरी

    5K
    Shares

    काठमाडाैं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अपरहणका एक अभियुक्तलाई १२ वर्षपछि पक्राउ गरे पनि उनी अदालतको आदेशबाट छुटे। 

    भ्याली कोल्डस्टोरका सञ्चालक बाबुराजा रावलको अपहरण घटनामा अभियुक्तमध्येका सोले र कुमार उपनामका दुर्गाबहादुर बुढाथोकी जिल्ला अदालत काठमाडौंको आदेशमा असोज ५ मा मात्रै छुटेका हुन्। उनी छुट्नुमा सीआईबी र महानगरीय प्रहरी परिसर टेकुको गम्भीर लापरबाही देखिन्छ। परिसरमा दर्ता भएको मुद्दाको सम्बन्धमा सीआइबीले गम्भीर अनुसन्धान गर्न आवश्यक ठानेन। सीआइबी गम्भीर नहुँदा अनुसन्धान गर्न परिसरमा पन्छाइएका बुढाथोकीले अदालतलाई नै गुमराहमा राखेर छुट्न सफल भए। 

    श्रृंखलाबद्ध अपहरणमा संलग्न उदय सेठ्ठी र प्रह्लाद महतको एक सदस्य भनिएका बुढाथोकीको अनुसन्धान परिसरले गरेको थियो। परिसरले करिब एक महिना लगाएर परिसरले बुढाथोकी विरुद्ध अपहरण तथा शरीर बन्धकको कसूरमा मुद्दा चलाउने रायसहित सरकारी वकिलमा फाइल पेस गर्‍यो। तर प्रहरीसँग प्रमाण भनेका आरोपीत व्यक्तिको भिडियो बयान र पीडितको सनाखत मात्रै थिए। प्रहरी नियन्त्रणमा लिइएको बयानलाई अदालतले प्रमाणको रुपमा मान्दैन भन्ने जान्दाजान्दै प्रहरीले लापरबाही गरेको प्रष्ट देखिन्छ।

    अदालतले थप अनुसन्धान आवश्यक रहेको भन्दै माघमा पक्राउ परेका बुढाथोकीलाई पूर्पक्षमा त पठायो। त्यतिबेलासम्म पनि प्रहरीले बुढाथोकीको सम्बन्धमा अदालतले माग्ने सक्ने थप प्रमाण जुटाउन आवश्यक ठानेन। 

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले दुर्गाबहादुरलाई थप प्रमाण नपुगेको भन्दै छुट्ने फैसला गरे। अदालतले बुढाथोकी छुट्नुका तीन वटा कारण देखाएको छ। पहिलो पक्राउ परेका व्यक्ति दुर्गाबहादुर नै हुन् भन्ने प्रमाण नभएको, भारतीय नागरिक रहेको र आफू भारतीय नै हो भनेर कागज पेश गरेको भन्दै तीन प्रमाणका आधारमा बुढाथोकीलाई रिहा गर्ने आदेश सुनाएका थिए, न्यायाधीश निरौलाले। भारतीय नागरिक प्रकाश क्षेत्री हुँ भन्दै बुढाथोकीले प्रमाण पेश गरेपछि अदालत उनलाई रिहा गर्न बाध्य भएको फैसलामा उल्लेख छ। 

    ‘अनुसन्धान बयानमुखि होइन प्रमाणमुखी हुनुपर्छ भन्ने अनुसन्धानकर्ताले बुझ्दाबुझ्दै पनि लापरबाही गरेको देखिन्छ,‘पूर्व डीआइजी हेमन्त मल्ल ठकुरीले भने,‘पीडकको परिभाषा पूरा खुल्ने गरि अदालतमा उपस्थित नगराउँदा उनी उम्किए।’ पुरानै घटनासँग जोडेर लगेकै भरमा अदालतले सजिलै जेल सजायको फैसला सुनाउँछ भन्ने भ्रममा प्रहरी रहँदा बुढाथोकीले चलाखी गरेको ठकुरी बताउँछन्। 

    प्रहरीले बनायाे छानविन समिति

    यसैबीच, आरोपीले सफाइ पाएको आरोप लागेपछि प्रहरीले छानबिन गर्ने भएको छ । अनुसन्धान गरेर मुद्दा दर्ता गर्ने काठमाडौं प्रहरी परिसर, टेकुमाथि छानविनका लागि समिति गठन भएको हो ।

    महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एआईजी हरिबहादुर पालले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चक्रबहादुर सिंहको नेतृत्वमा छानबिन समिति बनाइएको जानकारी दिए ।

    को हुन् बुढाथोकी ?

    प्रहरीको भनाइमा बुढाथोकीले अदालतमा झुटा बयान दिए पनि उनी दुर्गाबहादुर बुढाथोकी नै हुन्। उनी सर्लाहीका स्थानीय हुन्। बानेश्वरस्थित एभरेस्ट होटलको पार्किङबाट मोटरसाइकल चोरी गरेपछि २०६४ वैशाख २५ गते पहिलोपटक बुढाथोकी पक्राउ परेका थिए। पक्राउपछि महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएका उनी हिरासतको ग्रिल नै फोडेर भागेका थिए। सर्लाहीकै प्रल्हाद महत नामका व्यक्तिसँग उनको निकट सम्बन्ध थियो। प्रल्हादकै योजना अनुसार उनी अपहरणजस्ता गम्भीर प्रकृतिको अपराधमा होमिएका थिए। 

    २०६५ पुस १ गते भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा बुढाथोकीको संलग्नता रहेको प्रहरी दावी छ। अपहरण धन्दामा प्रयोग हुने चोरीका सवारीसाधनको व्यवस्थापन बुढाथोकीले नै गर्दै आउँथे। 

    १२ वर्षदेखि आफ्नो सक्कली परिचय लुकाएर उनी भारतमा लुकेर बस्दै आएका थिए। दार्जिलिङमा प्रकाश क्षेत्री नामले परिचित बुढाथोकीले सोही नामबाट राशन कार्डसमेत लिइसकेका छन्। 

    सर्लाहीस्थित ईलाका प्रशास कार्यालय हरिवनका अनुसार बुढाथोकीले २०५६ साउन २८ गते वंशजको आधारमा नागरिकता लिएका थिए। उनको नागरिकता नम्बर ५८९८०३०१ हो। उनले नागरिकतामा स्थायी ठेगाना सर्लाही ढुंग्रेखोला राखेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend