logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काठमाडाैंकाे कपनबाट ४ वर्षीय बालक बेपत्ता, अपहरणकाे आशंका

    काठमाडाैंकाे कपनबाट ४ वर्षीय बालक बेपत्ता, अपहरणकाे आशंका

    4.7K
    Shares

    काठमाडौं । सोमबार काठमाडौंको कपनबाट ४ वर्षीय बालक हराएका छन् । ४ वर्षीय बालक पियुस शर्मा हराएको उजुरी प्रहरीमा परेको छ ।

    भारत घर भई कपनको टहरोमा बस्दै आएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस सोमबार दिउँसो साढे ४ बजे हराएको प्रहरीले जनाएकाे छ ।

    प्रहरीले ती बालक अपहरणमा परेको आशंका गर्दे खोजतलास थालेको छ । सोमबार साँझ चार बजेदेखि सम्पर्कविहीन भएका बालक मंगलबारसम्म पनि नभेटिएपछि परिवारले मंगलबार प्रहरीमा जानकारी गराएका हुन् । 

    अहिलेसम्म यो घटना अपहरण नै हो वा होइन भन्ने खुलिनसकेको प्रहरी स्राेतले जानकारी दिएकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend