logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • फुमिओ किशिदा जापानको नयाँ प्रधानमन्त्री बन्ने पक्का

    फुमिओ किशिदा जापानको नयाँ प्रधानमन्त्री बन्ने पक्का

    4.3K
    Shares

    काठमाडाैं । फुमिओ किशिदा जापानको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएकाे छ । सत्तारुढ दल लिबरल डेमोक्य्राटिक पार्टी (एलडीपी)को नेतामा निर्वाचित भएपछि उनी जापानकाे नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हाे । 

    पूर्व विदेशमन्त्री किशिदाले तारो कोनोलाई नेतृत्वमा पराजित गरेका थिए । एक वर्ष पहिले प्रधानमन्त्री बनेका सुगाले राजीनामा दिने घोषणा गरेपछि एलडिपीले नयाँ नेता चयन गरेको हो ।

    किशिदाले हालका प्रधानमन्त्री योशिहिदो सुगालाई प्रतिस्थापन गर्नेछन् । 

    किशिदाको पहिलो काम आगामी चुनावमा एलडीपीको नेतृत्व गर्नु पर्ने हुन्छ । नयाँ प्रधानमन्त्रीले कोभिड महामारीपछि अर्थतन्त्रलाई सुधार गर्न तथा उत्तर कोरियाको बढ्दो चुनौतीको सामना गर्नुपर्ने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend