एजेन्सी । जापानकी राजकुमारी माकोले आफ्ना प्रेमीसँग विवाह गर्न दरबारबाट पाउने सुविधा त्याग्न तयार भएकी छन् । यसअघि इंगेजमेन्ट भइसकेका प्रेमी तथा कलेज क्लासमेटसँग विवाह गर्न उनले यस्तो निर्णय गरेकी हुन् ।
अक्टोबर २६ मा उनीहरूले बिहे गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएनले लेखेको छ । २९ वर्षीया राजकुमारी माको जापानका तत्कालीन शासक अकिहितोकी नातिनी हुन् । माकोले तीन वर्षअघि राजपरिवारको सदस्यता त्यागेर सर्वसाधारण केइ कोमुरोसँग विवाह गर्न लागेकाे घोषणा गरेकी थिइन् ।
विभिन्न कारणवश उनीहरूको विवाह भने पछि सरिरहेकाे थियाे ।
जापानको कानून अनुसार राजपरिवारका सदस्यले आम व्यक्तिसँग विवाह गर्दा राजपरिवारको सुविधा तथा हैसियत त्याग्नुपर्ने प्रावधान छ । यद्यपि उनको यस्तो निर्णयलाई लिएर राजकुमारी माको र उनका प्रेमी आम नागरिकमाझ आलोचित बनेका छन् ।
सिएनएनमा जनाइए अनुसार कोमुरो अमेरिका, न्युयोर्कमा वकिल छन् । माको र उनी बिहेपछि अमेरिका बस्ने बताइएकाे छ । उनीहरुकाे भेट विश्वविद्यालयमा सन् २०१२ मा भएकाे थियाे ।