काठमाडौं । नेपालले शुक्रबार साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा आयोजक माल्दिभ्सलाई हराउँदै विजयी सुरूआत गरेको छ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा भएको खेलमा नेपालले साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १(० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो ।
परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका मनिषले खेलको ८६ औं मिनेटमा गरेको निर्णायक गोलले नेपाललाई जित दिलाएको हो । मनिष खेलको ८० औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए ।
माल्दिभ्सका केहि उत्कृष्ट प्रहार नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले बचाएका थिए ।
साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई हराएको यो पहिलो पटक हो । अहिलेसम्म नेपाल र माल्दिभ्सबीच भएको सात खेलमा माल्दिभ्सले पाँच जित्दा दुई भने बराबरीमा टुंगेको थियो ।