काठमाडौं । विराटनगर वारियर्स चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा शनिबार भएको खेलमा पोखरा राइनोजसँग सात विकेटले पराजित हुँदै विराटनगर एक खेल अगावै बाहिरिएको हो ।
विराटनगरले दिएको एक सय ७३ रनको लक्ष्य पोखराले १७.४ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । पोखराको जितमा असेला गुनारत्नेले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७२ रन बनाएको थियो ।
विराटनगरका लागि आसिफ शेखले ३३ बलमा ६ वटा चौकाको मद्दतमा सर्वाधिक ४४ रन बनाए । सिकन्दर राजाले २० बलमा २९ रन बनाए ।
सन्दीप रजालीले २८, कप्तान करण केसीले २४, दिलसान मुनाविराले १६ अनिल साहले १२ बनाए । बलिङमा पोखराका बिक्रम सोवले दुई विकेट लिए । विवेक यादव, नन्दन यादव र साहन अर्चाचिगेले एक एक विकेट लिए ।
यसअघि