काठमाडाैं । साउथ इन्डियन फिल्मका सुपरस्टार नागा चैतन्य र समन्था अक्किनेनीले सम्बन्ध विच्छेद गरेको घोषणा गरेका छन् ।
समन्थाले सामाजिक सञ्जालमा एक विज्ञप्ति राखेर आफूहरु अलग भएकाे जानकारी दिएकी हुन् । उनले लेखेकी छन्, ‘मैले र नागा चैतन्यले आफ्नो बाटोमा हिँड्नका लागि पति पत्नीको रुपबाट अलग हुने फैसला गरेका छौँ ।’
सामाजिक सञ्जाल इन्स्टाग्राममा राखिएकाे विज्ञप्तिमा उनले मिडियासमक्ष गोपनियताको माग समेत गरेकी छन् । उनले यस्तो कठीन समयमा समर्थन चाहिएको जानकारीसहित शुभचिन्तक र प्रशंसकहरुसँग गाेपनियताबारे अपिल समेत गरेकी छन् ।
समन्था अक्किनेनी र नागा चैतन्यले ६ अक्टोबर २०१७ मा गोवामा पहिले हिन्दू रीति रिवाज अनुसार र ७ अक्टोबरमा फेरि क्रिश्चियन रीति रिवाज अनुसार विवाह गरेका थिए ।
विवाहपछि समन्थाले आफ्नो नामको अगाडि अक्किनेनी जोडेकी थिइन् । सम्बन्ध विच्छेदपछि समन्थाले आफ्नो ट्वीटर ह्यान्डलबाट अक्किनेनी हटाएकी छन् । यस सम्बन्ध विच्छेदपछि अभिनेत्री समन्थाले ५० करोड रुपैयाँ पाउने बताइएको छ ।