logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • पुरुषतर्फ आर्मी च्याम्पियन

    पुरुषतर्फ आर्मी च्याम्पियन

    2.3K
    Shares

    काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । 

    त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको फाइनलमा आर्मीले साविक विजेता हेल्प नेपाललाई ३–१ को सेटमा हरायो । रोचक खेलमा आर्मीले पहिलो सेट २६–२४ ले जितेको थियो । दोस्रो सेट हेल्पले २५–१७ ले आफ्नो बपक्षमा बनायो । आर्मीले तेस्रो सेट २५–१८ र चौंथो सेट ३३–३१ ले जित्दै उपाधि कब्जा गरेको हो । 

    पुरुषतर्फ नेपाल पुलिस क्लबले तेस्रो भयो । पुलिसले एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले एपीएफमाथि २५–१७, २५–१८, २५–१४ को नतिजा निकालेको थियो । महिलातर्फ 
    न्यु डायमन्ड स्पोर्ट्स क्लब च्याम्पियन बन्यो । 

    च्याम्पियनसिप महिला र पुरुष दुबैको विजेताले चार लाख, उपविजेताले दुई लाख र तेस्रो हुनेले एक लाख रुपैयाँ प्राप्त गरे । नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ६ टोलीको सहभागिता रहेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend