काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेका नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी एमाले प्रवेश गरका छन् ।
गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशनको अन्तिम दिन लेखीसहित ५५ जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । लेखीसहितको टोलीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् ।
लेखीले १० वर्षअघि एमाले छाडेर नागरिक पार्टी गठन गरेका थिए । त्यसपछि उनी विभिन्न पार्टी हुँदै पुनः एमालेमै प्रवेश गरेका हुन् । पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कार्यकारिणी सदस्य थिए । उनले बिहीबार मात्र लोसपा कार्यकारिणी सदस्य पदबाट राजीनामा दिएका हुन् ।