बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

श्रीमानको पिटाई सहन नसकेपछि हत्या !

श्रीमानको पिटाई सहन नसकेपछि हत्या !

काठमाडौं । दैनिक मादक पदार्थ सेवन गरेर लोग्नेले कुटपिट गर्न थालेपछि श्रीमतीले आफ्नै योजनामा श्रीमानको हत्या गराएकी छन्। ललितपुरको टीकाभैरव बस्दै आएकी रोजिना भुलले श्रीमान राजकुमार भुलको हत्या गराएकी हुन्।

महानगरीय प्रहरी अपराध महाखाशाको टोलीले भुलको हत्या अभियोगमा उनकै श्रीमती रोजिना भुल, साली सुनिता स्याङतान, साढुभाइ ज्ञानबहादुर स्याङतान  र अर्की महिला लक्ष्मी भुल पक्राउ गरेको छ।

रोजिनाको योजनामा राजकुमारको हत्या मनोज सार्कीले गरेको प्रहरी दावी छ। अचम्म कुरा त राजकुमारको हत्यापछि भाग्ने क्रममा भीरबाट लडेर मनोजको समेत मृत्यु भएको प्रहरीले जनाएको छ।
hatya 2.jpgमहाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले भने,‘श्रीमानले सधैंजसो मादक पदार्थ सेवन गरेर रोजिनालाई कुटपीट गर्ने रहेछन्, त्यही पीडा सहन नसकेर हत्या गरेको देखिन्छ।’ ११ असोजमा भएको राजकुमारको हत्या भने खुकुरी प्रहारबाट भएको जानकारी खापुङले दिए । प्रहरीले राजकुमारको हत्यामा प्रयोग भएको खुकुरी समेत बरामद गरेको छ।

महाशाखाले पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि ललितपुर परिसर बुझाएको छ। दैनिक ज्यालादारी गर्ने राजकुमार र मनोजबीच भने चिनापर्ची नभएको प्रहरीले जनाएको छ। 
hatya 4.jpg

महाशाखाका अनुसार रोजिनाले राजकुमारको हत्याका लागि आफन्त लक्ष्मीलाई मान्छे खोज्न लगाएकी थिइन्। लक्ष्मीले नै मनोजलाई दसैँ खर्च आउने भएकाले राजकुमारको हत्या गर्न प्रेरित गरेको प्रहरी दाबी छ। प्रहरीमा बयान दिएका लक्ष्मी र रोजिनाले राजकुमारको हत्या योजना बनाएको स्वीकार गरेका छन्। पक्राउ परेकामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend