logo

२०८१ पुष १८ बिहिबार

logo
  • बिहिबार, १८ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    इन्टरनेटको तार काट्ने अभियानबाट पछि हटे कुलमान

    इन्टरनेटको तार काट्ने अभियानबाट पछि हटे कुलमान

    1.7K
    Shares

    काठमाडौं । नेपाल विद्युत प्राधिकरण इन्टरनेट सेवा प्रदायक र केबुल टेलिभिजनहरुको तार काट्ने निर्णयबाट पछि हटेको छ ।

    प्राधिकरणले शनिबारदेखि देशका विभिन्न स्थानमा तत्काल पोलको भाडा नतिर्ने इन्टरनेट र केबुल टेलिभिजनको तार काट्ने अभियान शुरु गरेको थियो । यसरी तार काट्दा उपभोक्ता प्रभावित हुने देखिएपछि प्राधिकरणले तत्कालका लागि उक्त निर्णयबाट पछि हटेको हो । 

    विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत् शनिबार सांकेतिक रुपमा तार काटेपनि उपभोक्तालाई परेको मर्कालाई ध्यानमा राखेर तत्काल थप तार नकाटिने बताए । आफूहरु समाजिक उत्तरदायित्व समेत बोकेको संस्था भएकाले उपभोक्तालाई असर नपर्ने गरी बक्यौता उठाउन थप कदम चाल्ने उनको भनाइ छ ।

    ५-६ वर्षदेखि प्राधिकरणको पोलमा तार र स्वीचबक्स झुण्डाएका धेरै कम्पनीले भाडा तिरेका छैनन्,’ उनले भने,’यो बक्यौता तिर्नु उहाँहरुको कर्तब्य हो, बहानाबाजी गरेर हुँदैन ।’ प्राधिकरणले कम्पनीलाई सम्पर्कमा आएर आफ्ना बक्यौता तिर्न २ महिनादेखि ताकेता गर्दै आएको छ । दैनिक रुपमा सूचनाहरु प्रकाशित गरेर प्राधिकरणका वितरण केन्द्रहरुले पोल भाडा तिर्न आग्रह गरिरहेका छन् । तर इन्टरनेट सेवा प्रदायक र टेलिभिजन सेवा वितरकहरु ठूलो मात्रा भाडादर तोकिएको भन्दै नतिर्ने अडानमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend