काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेटमा चितवन टाइगर्सले लगातार चौंथो जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई पाँच विकेटले पराजित गर्दै चितवनले लगातार चौंथो जित निकालेको हो ।
ललितपुरले दिएको एक सय नौ रनको लक्ष्य चितवन १७.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय आठ रन बनाएको थियो ।
ललितपुरका लागि जयकिशन कोल्सावालाले सर्वाधिक ४२ रन बनाए । सन्दुन विराकोड्डीले १४, सुर्य तामाङले अविजित ११ र ललित राजवंशीले अविजित नौ रन बनाए । ललितपुरलाई सस्तैमा समेट्न चितवनका कमल सिंह ऐरीले तीन विकेट लिए । करिम जनत र सागर ढकालले समान दुई दुई विकेट लिए । शाहब आलमले एक विकेट झारेका थिए ।