logo

२०८१ पुष १८ बिहिबार

logo
  • बिहिबार, १८ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    प्रधानन्यायाधीशलाई भेट्दै सर्वोच्च बार 

    प्रधानन्यायाधीशलाई भेट्दै सर्वोच्च बार 

    2.5K
    Shares

    काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले आकस्मिक रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्ने भएको छ ।

    सरकार गठनमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले समेत भागबण्डा मागेको समाचार सार्वजनिक भएपछि सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरुले भेट्न लागेका हुन् ।

    प्रधानन्यायाधीश जबराले गठबन्धन सरकारमा दुई वटा मन्त्री आफ्नो पक्षको हुनुपर्ने माग गरेको समाचार आइतबारदेखि विभिन्न सञ्चारमाध्यामबाट सार्वजनिक भईरहेको छ ।

    सर्वोच्च अदालत बार एसोसिएसन र प्रधानन्यायाधीश जबराबीचको भेटमा मन्त्री बनाउनका लागि मागेको कोटाको विषय लगायत अन्य समसामयिक विषयमा समेत छलफल हुने सर्वोच्चका एक पदाधिकारीले बताए ।

    गठबन्धन दलले मन्त्रीपरिषद् विस्तारको तयारी गरिरहँदा एक-दुई जना व्यक्ति आफ्नो तर्फबाट नियुक्त हुनुपर्ने भन्दै प्रधानन्यायाधीश जबराले सत्तारुढ घटकसँग लबिइङ गरिरहेको समाचारले अहिले नेपाली राजनिति तरंगित बनेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend