बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

चालक अनुमतिपत्रको लिखित परीक्षा पास गराइदिने भन्दै पैसा लिने दुईजना पक्राउ

चालक अनुमतिपत्रको लिखित परीक्षा पास गराइदिने भन्दै पैसा लिने दुईजना पक्राउ

काठमाडाैं । सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा सामेल हुने परिक्षार्थीलाई पास गरिदिन्छु भनि रकम असुल गर्ने दुई जना बिचौलियालाई यातायात कार्यालय एकान्तकुनाबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

यातायात कार्यालय एकान्तकुनामा सेवाग्राहीसँग लिखित परीक्षा पास गरिदिन्छु भनी पैसा लिदै गरेको अवस्थामा पक्राउ गरिएको हो । उनीहरुले सेवाग्राहीबाट जनही ३५ सय रुपैयाँसम्म लिने गरेको अनुसन्धानको क्रममा खुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

उनले ट्रायल तथा लिखित परीक्षा पास गरिदिने, फास्ट ट्रायलको व्यवस्था मिलाइदिने र अन्य काम समेत छिटो गरिदिने भनी सेवाग्राहीसँग बार्गेनिङ्ग गर्ने गरेको सूचनाको आधारमा सादा पोशाकमा ट्राफिक टोली खटाइरहेकाे समेत बताए ।

पक्राउ पर्नेमा काभ्रे नगाउ घर भई पाटनढोका बस्ने वर्ष ३५ को मनोज वाइबा र धनुषाको महेन्द्रनगर घर भई पाटनढोका बस्ने वर्ष ३५ को संजीव राउत रहेको प्रहरीीले जनाएको छ ।

महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले यातायात कार्यालयमा आउने सेवाग्राहीलाई झुक्याउने, परीक्षा पास गरिदिने भनि रकम असुल्ने र अन्य काम छिटोछरितो गरिदिन्छु भनी रकम लिने माथी निरन्तर निगरानी गर्दै आएको समेत महाशाखाले जानकारी दिएको छ ।

पक्राउ व्यक्तिहरूलाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा थप अनुसन्धान तथा कारवाहीको लागि बुझाएको महाशाखाले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend