काठमाडौं । बलिउडका चर्चित अभिनेता अनुपम खेरले मंलबार बिहान पशुपतिनाथको दर्शन गरेका छन् ।
उनले पशुपतिको दर्शन गरेपछि बनाएको भिडियो ट्वीटरमार्फत सार्वजनिक गर्दै सबैको कुशल स्वास्थ्य र शान्तिको लागि कामना गरेको बताएका छन् ।
खेरले भिडियोमा पशुपतिनाथको मन्दिर दर्शन गर्न पाएकोमा आफूले धन्य महसुस गरेको बताएका छन् । खेरसहित अभिनेत्री परणिती चोपडा र बोमन इरानी काठमाडौं आएका हुन् ।
फिल्म उचाइको छायांकनका लागि उनीहरु नेपाल आएका हुन् । सुरज बडजात्याले निर्देशन गरेको फिल्म नेपालको मुस्ताङमा छायांकन हुने भएको छ ।
Prayed at the ancient temple of #Pashupatinath ji in #Kathmandu, Nepal on behalf of everybody. Prayed for everyone’s good health & peace. This lord Shiva temple was built in 5th century!! Millions of devotees from all over come to pray here! Jai Bholenath!! 🙏🌻🌺🙏 #Shiva pic.twitter.com/5lT0vZ1QZE
— Anupam Kher (@AnupamPKher) October 5, 2021