बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

सुरक्षाकर्मीको रासन १५ प्रतिशतले बढ्यो

सुरक्षाकर्मीको रासन १५ प्रतिशतले बढ्यो

काठमाडौं। नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन १५ प्रतिशतले वृद्धि भएको छ। प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएपछि अर्थमन्त्री जनार्दन शर्माले रासन वृद्धिसम्बन्धी फाइल सदर गरेका छन्। 

यसअघि सुरक्षा निकायले सुरक्षाकर्मीको रासन ५० प्रतिशत बढाउनुपर्ने प्रस्ताव गृह मन्त्रालयमा गरेका थिए। तर, सरकारले धेरै आर्थिक व्ययभार पर्ने भन्दै बढाएको थिएन। नयाँ दर रेट अनुसारको १५ प्रतिशत रासन वृद्धिपछि प्रत्यक वर्ष १ अर्ब १७ करोड बराबर दायित्व थप हुने देखिन्छ। 

२०७२ मै रासन बढाउनुपर्ने माग प्रहरी र सशस्त्र प्रहरीको थियो। पाँच वर्ष यता उनीहरुको रासन बढेको थिएन। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend