logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • बन्द हुँदा फेसबुकले गुमायाे हरेक मिनेटमा यति धेरै रकम, थाहा पाउनुहाेस् चकित पर्नुहुनेछ

    बन्द हुँदा फेसबुकले गुमायाे हरेक मिनेटमा यति धेरै रकम, थाहा पाउनुहाेस् चकित पर्नुहुनेछ

    1.8K
    Shares

    एजेन्सी । साेमबार राती सेवा बन्द हुँदा फेसबुकले ठूलाे क्षति बेहाेर्नु परेकाे छ । साेमबार राती फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको सेवा लगभग ६ घण्टासम्म प्रभावित भएकाे थियाे । 

    फेसबुकले यो समस्याका लागि प्रयोगकर्तासँग माफी मागेको छ ।

    स्ट्यान्डर्ड मिडिया इन्डेक्सका अनुसार साेमबार राति ६ घण्टा फेसबुककाे सेवा अवरुद्ध हुँदा कम्पनीलाई अमेरिकामा ५ लाख ४५ हजार डलर प्रति घण्टा विज्ञापन राजस्वको हानी भएकाे छ । 

    एक रिपाेर्टका अनुसार फेसबुकले दैनिक लगभग ३१९ मिलियन डलर कमाउँछ । अर्थात् हरेक घण्टा यसले लगभग १३.३ मिलियन डलर विज्ञापनमार्फत् कमाउँछ । यसको कमाई हरेक मिनेट लगभग २ लाख २० हजार डलर र हरेक सेकेन्ड ३ हजार ७ सय डलर हो ।

    करिब ६ घण्टा सेवा प्रभावित हुँदा फेसबुकका मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गको सम्पत्तिमा पनि कमी भएको छ । फेसबुक संसारको सबैभन्दा दोस्रो ठूलो डिजिटल एडभरटाइजिङ कम्पनी हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend