बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

यौन शोषणको आरोपमा कानुन व्यवसायी पक्राउ

यौन शोषणको आरोपमा कानुन व्यवसायी पक्राउ

उदयपुर ।उदयपुर प्रहरीले एक जना कानुन व्यवसायीलाई यौन शोषणको आरोपमा नियन्त्रणमा लिएको छ । 

एकल महिलालाई यौन शोषण गरेको आरोपमा बेलका नगरपालिका- ७ रामपुरठोक्सिला स्थायी घर भई गाईघाटमा बस्दै आएका सुमन भन्ने किरण केसीलाई प्रहरीले पक्राउ गरेको हो । केसी नेपाल बार एसोसिएसन जिल्ला सदस्य पनि हुन् । 

चौदन्डीगढी नगरपालिका- ८ सिद्धिपुर निवासी पीडित महिलाले आफूलाई १० वर्षदेखि बन्धक बनाई यौन शोषण गर्दै आएको उजुरी जिल्ला प्रहरी कार्यालयमा दिएकी छन् । उजुरीका आधारमा जबर्जस्ती करणी मुद्दामा अनुसन्धानका लागि म्याद थप गरी केसीमाथि अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

विवाह गर्ने प्रलोभन दिएर यौन शोषण गरेको र आफूले विदेशबाट कमाएर ल्याएको पैसा पनि खाएको पीडित महिलाको आरोप छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend