एजेन्सी । पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा बिहीवार बिहानै भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
प्रारम्भिक रिपोर्टहरूका अनुसार ५.७ म्याग्निच्युडको भूकम्प गएको अनुमान गरिएको छ । विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।
सामाजिक सञ्जालमा भूकम्पपछि क्वेटा शहरका मानिसहरू सडकमा निस्केको तस्बिर देख्न सकिन्छ । भूकम्पमा परी दुई सयभन्दा बढी मानिस घाइते भएका छन्।
भूकम्पबाट सबैभन्दा धेरै हारनाई सहर प्रभावित भएको बताइएको छ। भूकम्पको केन्द्रबिन्दु पनि हारनाई सहरमा नै परेको थियो। केन्द्रबिन्दुदेखि १०२ किलोमिटर टाढा रहेको प्रान्तीय राजधानी क्वेटासम्म पनि भूकम्पको धक्का महशुस गरिएको थियो।