logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • ६ वर्षदेखि परीक्षणमा रहेको मलेरिया खोप अफ्रिकामा लगाउन अनुमति

    ६ वर्षदेखि परीक्षणमा रहेको मलेरिया खोप अफ्रिकामा लगाउन अनुमति

    3K
    Shares

    एजेन्सी । अफ्रिकी बालबालिकालाई मलेरिया रोग विरुद्धको खोप दिन लागिएको छ । आरटीएस, एस नाम दिइएको खोप ६ वर्षअघि प्रभावकारी प्रमाणित भए पनि परीक्षणकै क्रममा थियो । 

    विकसित गरिएको खोप प्रभावकारी सावित भएको र अफ्रिकाका अन्य देशमा खोप लगाउन अनुमति दिइएको डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस ए गेब्रेयसले बताए ।

    घाना, केन्या र मलावीमा सफल परीक्षणपछि सहारा अफ्रिका र अन्य क्षेत्रमा खोप वितरण गरिने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

    आठ लाख बालबालिकामा गरिएको परीक्षणमा खोपले गम्भीर भएर अस्पताल भर्ना हुने दरलाई ३० प्रतिशतले घटाएको देखाएको थियो ।

    त्यस्तै, खोपले हरेक १० जनामध्ये ४ जनालाई मलेरिया लाग्नबाट बचाउने र प्रत्येक १० जनामध्ये ३ जनालाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउने देखाएको थियो । 

    चिकित्सा क्षेत्रकै महत्वपूर्ण उपलब्धि मानिएको यो खोपको विकासलाई मलेरियाविरुद्ध लड्ने विश्व अभियानमा महत्वपूर्ण खुड्किलो मानिएको छ ।

    मलेरियाबाट हरेक वर्ष चार लाख मानिसहरूको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend