logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • फ्रान्सले ५० लाख डोज कोभिड खोप चाेरेकाे बेलायतकाे आराेप 

    फ्रान्सले ५० लाख डोज कोभिड खोप चाेरेकाे बेलायतकाे आराेप 

    3.3K
    Shares

    एजेन्सी । आफ्नो देशतर्फ आउँदै गरेको करिव ५० लाख डोज कोभिड खोप फ्रान्सले ‘चोरेको’ बेलायतले आरोप लगाएको छ । यसै वर्षको सुरूमा बेलायततर्फ लैजान लागिएको खोप रोक्न फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोले युरोपेली युनियनका प्रमुखहरूसँग षडयन्त्र गरेको बेलायतले आरोप लगाएको हो ।

    बेलायततर्फ लैजाँदै गरिएको एस्ट्राजेनेकाको खोपको ठूलो व्याच नेदरल्याण्ड्सबाट ‘डाइर्भट’ गरिएको वेलायतको दाबी छ । राष्ट्रपति म्याँक्रोले एस्ट्राजेनेका खोप खासै प्रभावकारी नभएको भन्दै अफवाह चलाएको र युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयानले फाइजरलाई बेलायत पठाउन रोक्ने चेतावनी दिएको बेलायतको दाबी छ ।

    २२ मार्चमा एस्ट्राजेनेकाका प्रमुखले लाखौं डोज खोप वेलायत पुग्ने अनुमान गरे पनि त्यो अन्तिम गन्तव्यमा नपुगी फर्काइएको बेलायतको दाबी छ । खोप फिर्ता हुँदा बेलायतलाई ठूलो नोक्सान भएको उसको भनाइ छ । तर, बेलायतको आरोपलाई एस्ट्राजेनेकाले अस्वीकार गरेको छ । 
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend