logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • साफ च्याम्पियनसिप फुटबलमा माल्दिभ्सको पहिलो जित, बंगलादेश २-० ले पराजित

    साफ च्याम्पियनसिप फुटबलमा माल्दिभ्सको पहिलो जित, बंगलादेश २-० ले पराजित

    1.4K
    Shares

    काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशलाई पराजित गर्दै घरेलु टोली माल्दिभ्सले पहिलो जित निकालेको छ ।

    बिहीबार मालेस्थित राष्ट्रिय रंगशालामा राति बंगलादेशलाई २-० गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो ।

    माल्दिभ्सको जितमा हाम्जा मोहमेद र अलि अस्फाकले १/१ गोल गरे । खेलको ५५ औँ मिनेटमा हाम्जाले गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७४औँ मिनेटमा अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई २-० को जित दिलाए ।

    जितसँगै माल्दिभ्सले २ खेलमा ३ अंक जोडेको छ ।  माल्दिभ्स तेस्रो स्थानमा उक्लिएको छ ।

    पहिलो खेलमा माल्दिभ्स नेपालसँग १-० ले पराजित भएको थियो । बंगलादेशको यो पहिलो हार हो । यसअघि बंगलादेशले १ जित र १ बराबरीको नतिजा निकालेको थियो । बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा छ ।
    तालिकामा २ जित सहित ६ अंक बनाएर नेपाल शीर्ष स्थानमा छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend