logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • विवाहमा नाच्दा हात भाँचिएपछि क्षतिपूर्ति माग्दै आयोजकविरुद्ध मुद्दा !

    विवाहमा नाच्दा हात भाँचिएपछि क्षतिपूर्ति माग्दै आयोजकविरुद्ध मुद्दा !

    1.7K
    Shares

    एजेन्सी । बेलायतमा एउटा वैवाहिक कार्यक्रममा जाँदा आफ्नो हात भाँच्चिएपछि एक शिक्षिकाले विवाह विरुद्ध मुद्दा दायर गरेकी छिन् । विवाह गरिएको चिप्लो भुईंमा लड्दा दोनोभान काराको कुहिनो भाँच्चिएको थियो । 

    भुईंमा अस्वभाविक चिप्लो पारेकोले आफू लडेको भन्दै उनले विवाह आयोजक कन्ट्री हाउस विडिङ लिमिटेडविरुद्ध मुद्दा दायर गरेकी हुन् । उनले १ लाख ५० हजार युरो क्षतिपूर्तिको माग गरेकी छिन् । ४० एकड भूमिमा फैलिएको भवन बेलायतको लोकप्रिय विवाह स्थलमध्येको एक मानिन्छ ।

    सन् २०१८ को भुईँमा चिप्लिएकी उनी तीन वर्षपछि उजुरी दिएकी हुन् । नाच्ने तलामा अस्वभाविक रूपमा अत्यधिक धेरै चिप्लो दलिएकोले आफू लडेको उनले निबेदनमा बताएकी छिन् ।

    बेलायतमा ‘विशेष आवश्यक’ विषयकी शिक्षिका काराको कुहिनो नराम्रोसँग भाँच्चिएको थियो । उनी अहिलेसम्म पनि निको भएकी छैनन् । उनको तीन ओटा शल्यक्रिया भइसकेको छ । अझै पनि उनी विद्यालय जान सक्दिनन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend