आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

नागढुंगा प्रभागका सबै प्रहरी हटाएर नयाँ टोली पठाइयो

नागढुंगा प्रभागका सबै प्रहरी हटाएर नयाँ टोली पठाइयो

काठमाडौं । गुनासो सम्बोधन र आन्तरिक शुद्धीकरण भन्दै महानगरीय प्रहरी प्रभाग नागढुंगाका कार्यरत प्रहरी निरीक्षकसहित सबै प्रहरी कर्मचारीलाई हटाइएको छ। 

नागढुंगाका प्रहरी निरीक्षक त्रिभुवन सिंह थापालगायत प्रहरीविरुद्ध सेवाग्रहीले व्यापक जनगुनासो गरेका थिए। प्रहरी निरीक्षक थापाको स्थानमा अर्की प्रहरी निरीक्षक निरु दुवाललाई पठाइएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसपी सुशील सिंह राठौरका अनुसार थप सुरक्षा प्रबन्ध मिलाउन र आन्तरिक गुनासो सम्बोधन गर्न पुरानो टोली हटाएर नयाँ टोली पठाइएको हो। उनले भने,‘ मुख्य कुरा धेरै जनगुनासो आए। अर्को प्रहरीको आन्तरिक शुद्धीकरण पनि उद्देश्य हो।’ 

नागढुंगा प्रभागमा प्रहरी निरीक्षकको कमाडण्मा ३३ जनाको दरबन्दी थियो। नागढुंगा काठमाडौं प्रवेश गर्ने मुख्य नाका हो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend