काठमाडाैं । यस वर्षको नोबेल शान्ति पुरस्कार दुई पत्रकार मारिया रेस्सा र दिमित्री मुरातोवले पाउने भएका छन् ।
नोबेल पुरस्कारको कमिटीले शुक्रबार यसको घोषणा गरेको हो । दुवैले अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको योगदानवापत पुरस्कार पाउने भएका हुन् । मारिया रेस्सा फिलिपिन्सकी चर्चित पत्रकार हुन् जसले रेपलर नामको वेबसाइट चलाउँछिन् ।
दिमित्री मुरातोव पनि पत्रकार हुन् र उनले नोवाजा गजेता नामको एक स्वतन्त्र अखबारको स्थापना गरेका छन् । उनीहरु दुवैजनाले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाइरहेका छन् ।
BREAKING NEWS:
The Norwegian Nobel Committee has decided to award the 2021 Nobel Peace Prize to Maria Ressa and Dmitry Muratov for their efforts to safeguard freedom of expression, which is a precondition for democracy and lasting peace.#NobelPrize #NobelPeacePrize pic.twitter.com/KHeGG9YOTT— The Nobel Prize (@NobelPrize) October 8, 2021