logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • शनिबार ईपीएलको उपाधि भिडन्त: चितवन र पोखरा भिड्दै

    शनिबार ईपीएलको उपाधि भिडन्त: चितवन र पोखरा भिड्दै

    1.7K
    Shares

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करणको उपाधिका लागि शनिबार चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन् ।  

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मध्याह्न सवा १२ बजे हुने फाइनल खेलले विजेता पाउने पक्का छ । 
    शनिबार दुवै टोली ईपीएलमा पहिलो पटक उपाधि हात पार्ने दाउमा हुनेछन् । विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा र सोमपाल कामीको कप्तानीमा रहेको चितवन पहिलो पटक फाइनलमा पुगेका हुन् । 

    यसअघि इपिएलको पहिलो संस्करणको पन्चकन्या तेजले (सन् २०१६), दोस्रो संस्करण सन् २०१७ विराटनगर वारियर्स र तेस्रो संस्करण सन् २०१८ ललितपुर प्याट्रियटर्सले जितेको थियो । 

    यसअघि चितवन लिगमा ५ खेलमा जित र १ हार सहित शीर्ष स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । पहिलो क्वालिफायर चितवनले पोखरालाई ९ विकेटले पराजित गरेको थियो । लिगमा पनि चितवनले पोखरालाई ९ विकेटलेनै पराजित गरेको थियो । 
    पोखरा ५ खेलमा ३ जित र १ मा हार र एक खेलमा अंक बाँडदै ७ अंकका साथ दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । पोखराले भैरहवा ग्ल्याडियटर्सलाई क्वालिफायरमा ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । 

    यसअघि बिहीबार भएको प्रि म्याच फाइनल पत्रकार सम्मेलनमा दुबै टोलीका कप्तानले उपाधि आफ्नो टोलीले जित्ने दाबी गरेका थिए । ईपीएलको विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend