logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • भारतसँग नडराउने अल्मुताइरीको बाचा

    भारतसँग नडराउने अल्मुताइरीको बाचा

    1.8K
    Shares

    काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको उपाधि चुम्ने लक्ष्य लिएको नेपालले तेस्रो खेल आइतबार भारतसँग खेल्दैछ । 

    माल्दिभ्सको राजधानी मालेमा जारी साफमा नेपालले अघिल्ला दुई खेल जित्दै आफुलाई शीर्षस्थानमा उभ्याएको छ । भारतलाई आइतबार हराए नेपालले साफको फाइनल यात्रा तय गर्नेछ । 

    भारतसँग खेल्नुअघि शनिबार आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारत बलियो टोली भएपनि नडराउने बाचा गरे । ‘भारतसँग खेल्न कठिन हुन्छ । यसको अर्थ हामी फाइट गर्दैनौं भन्ने होइन । भारतलाई हामी सम्मान गछौं । हामी भारतविरुद्ध बलियो फाइट गर्नेछौं,’ अल्मुताइरीले भने । अल्मुताइरीले नेपाल अहिले नै फाइनल नपुगेको भन्दै समर्थकलाई संयमित रहन आग्रह समेत गरेका छन् ।

    नेपाल र भारतबीचको खेल राति ९ः४५ बजे हुनेछ । नेपालका कप्तान किरण कुमार चेम्जोङले भारतविरुद्धको खेल महत्वपूर्ण रहेको भन्दै हरेक पाइला सोच विचार गरेर चाल्नुपर्ने बताए । उनले यस पटक नेपाल उपाधिका लागि आएकोले डर नमानी खेल्ने बताए । 

    भारतका प्रशिक्षक इगोर स्टिमेकले भारतको लक्ष्य साफ जित्नु नै रहेकोले मानसिकतामा परिवर्तन नभएको बताए । साथै उनले नेपालले राम्रो खेलिरहेको भन्दै ६ अंकका लागि लायक रहेको पनि बताए । भारत साफको सर्वाधिक सफल टोली हो । उसले सात पटक उपाधि उचालेको छ । भारतले यसपटक सुरुवाती दुई खेलमा बराबरी खेलिसकेको छ । 

    पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो । भारत भने पहिलो खेलमा बंगलादेशसँग १–१ र दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो । नेपाल अहिले ६ अंक सहित तालिकाको शीर्षस्थानमा छ । तीन खेलबाट ४ अंक बनाएको बंगलादेश दोस्रो स्थानमा छ । भारतको दुई अंक छ । आइतबार नै हु्ने पहिलो खेलमा माल्दिभ्स र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend