बाजुरा । बाजुरामा कर्णाली नदी थुनिएको छ ।
स्वामिकात्तिक वडा नम्बर १ मा सुक्खा पहिरो खसेर नदी थुनिएको हो । बिहान पूर्णरुपमा थुनिएको नदी अहिले भने प्राकृतिक रुपमा आफैं बग्न थालेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी मदनजित महराले जानकारी दिए ।
पहिरोको बारेमा बुझ्न प्रहरीको टोली घटनास्थल गएको छ ।