आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

६ वर्षीया बालिका बलात्कारकाे अभियोगमा युवक पक्राउ

६ वर्षीया बालिका बलात्कारकाे अभियोगमा युवक पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सप्तरी सप्तकोसी नगरपालिका–१ फत्तेपुर खोरिया टोल घर भई हाल त्रियुगा नगरपालिका–८ शाहीखोला बस्ने २० वर्षीय दिलु रोक्का रहेका छन् । 

रोक्काले बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गरेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । उनलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेर थप अनुसन्धान थालिएको जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend