logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ७०० किलोमिटर टाढाबाट मुटु ल्याएर सफल प्रत्यारोपण

    ७०० किलोमिटर टाढाबाट मुटु ल्याएर सफल प्रत्यारोपण

    2.7K
    Shares

    एजेन्सी, चेन्नई । भारतमा एक बिरामीको ज्यान जोगाउन मानिसको मुटुलाई ७०० किलोमिटर टाढाबाट ल्याइएको छ । ५१ वर्षीय विरामीको ज्यान जोगाउन केरलाको कोचीदेखि तमिलनाडुको चेन्नाई पुर्याइएको हो ।

    एउटा सहरबाट अर्को सहरमा लगिएको सो मुटुको सफल प्रत्यारोपण भएको छ । दुर्घटनापछि ‘ब्रेन डेड’ भएका व्यक्तिको मुटु झिकेर अर्को बिरामीमा प्रत्यारोपण गरिएको हो ।

    मुटुको सफल प्रत्यारोपण भएका बिमारी डायलेटेड कार्डियो मायोप्याथी (डीसीएम) बाट पीडित थिए । डीसीएमबाट पीडित व्यक्तिको मुटुको रक्त पम्प गर्ने क्षमता कमजोर हुन्छ । उनी यसै वर्षको फेब्रुअरीदेखि प्रत्यारोपणको पर्खाइमा थिए । 

    मुटु दाता ३० वर्षीय पुरुष एक दुर्घटनामा परेपछि ट्रउमेटिक ब्रेन इन्ज्यिुरीबाट पीडित थिए । उनलाई १९ अक्टोबरमा अस्पताल भर्ना गरिएको थियो । शनिबार उनलाई ब्रेन डेड घोषणा गरिएको थियो । त्यसपछि परिबारका सदस्यसँगको सहमतिपछि उनको मुटु अर्का बिरामीलाई दिने पक्रिया सुरु भएको थियो । 

    कोचीस्थित रेला अस्पतालका चार जना चिकित्सकको टोलीले मुटुको सफल प्रत्यारोपण गरेको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend