एजेन्सी । चीनमा ४० लाखको जनसंख्या भएको एउटा शहरमा मंगलबारदेखि पुनः लकडाउन लागू गरिएको छ । शहरमा कोरोनाको संक्रमण बढेपछि पुन: लकडाउन गरिएकाे हाे ।
त्यहाँका जनतालाई आपतकालीन स्थितिमा मात्रै बाहिर निस्कन अपिल गरिएको छ । चीनमा संक्रमितको संख्या निकै कम छ तर गासू प्रान्तको राजधानी लानजूमा सावधानी स्वरुप लकडाउन लागू गरिएको हाे ।
सोमबार चीनमा २९ नयाँ संक्रमित भेटिएका थिए जसमध्ये लानजूका ६ जना मात्र रहेका थिए । समाचार एजेन्सी एएफपीका अनुसार शहरका अधिकारीले लानजूमा प्रवेश र त्यहाँबाट बाहिरिने प्रक्रियालाई पूर्ण रुपमा नियन्त्रित गरिने बताइएकाे छ ।
चीनमा कोरोनानको ताजा संक्रमण डेल्टा भेरियन्टसँग सम्बन्धित भएको बताइएको छ । स्वास्थ्य अधिकारीले परीक्षणको दायरा बढेपछि संक्रमितको संख्या पनि बढ्ने अनुमान गरेका छन् ।