logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • अध्ययन भन्छ: कोभिड भएका मानिसमा खोपको ‘साइड इफेक्ट’ धेरै

    अध्ययन भन्छ: कोभिड भएका मानिसमा खोपको ‘साइड इफेक्ट’ धेरै

    3.2K
    Shares

    एजेन्सी, लन्डन । महामारीको स्वरुप लिएको कोभिडबाट अझै पनि विश्वले पार पाइसकेको छैन् । कोभिडविरुद्ध विभिन्न खोप विकास भएका छन् । खोपले भाईरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने विज्ञहरुले बताउँदै आएका छन् । 

    खोपको सम्भावित साइड इफेक्टको त्रासका कारण रसियाको आधा जनसंख्याले अझै पनि खोप लगाएका छैनन्। त्यस्तै अन्य विकसित देशका विज्ञहरुले पनि खोपबारे नकरात्मक प्रचार गरिरहेका छन् । यसै सन्दर्भमा बेलायतमा खोपको असरबारे एउटा अध्ययन भएको छ । 

    अध्ययनअनुसार खोपका कारण स्नायुमा दुर्लभ समस्या उत्पन्न हुनसक्ने र त्यस्तो जोखिम कोभिड भएका मानिसमा बढी हुन्छ । 

     राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले बेलायतका ३ करोड २० लाख वयस्कमा सो अध्ययन गरेको थियो ।

    अनुसन्धानकर्ताले कोभिडको पहिलो खोप लगाएका र कोभिड पुष्टि भएका मनिसको एक महिनाको स्नायु प्रणालीको तुलनात्मक अध्ययन गरेका थिए ।

    जसअनुसार कोभिड भएका व्यक्तिमा खोप लगाएका व्यक्तिमाभन्दा बढी गियांग बारे सिन्ड्रोम (जीबीएस) देखिएको थियो । यो सिन्ड्रोम हुने व्यक्तिको पैतला र हातगोडमा समस्या हुनुका साथै निर्बलता देखिन्छन् । अध्ययन जर्नल नेचर मेडिसिनमा प्रकाशित छ । 
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend