काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टी भित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवज उठाउनु पर्ने बताएका छन् ।
सिंहले पार्टीको नेतृत्वले हेलचेक्राई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आईपुगेको टिप्पणी गर्नुभयो । पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता कार्यकर्ताले नगर्ने भन्दै नेता सिंहले आफुहरू नै पार्टी सुधारमा लाग्नु पर्ने बताए ।
‘ पार्टी भित्रको समस्यामा कुरा हामीले नउठाए कस्ले उठाउँछ रु पार्टीको समस्या हामी आफै समधान गर्ने हो’ नेता सिंहले भने, ‘बाटो विराउनेलाई बाटो देखाउनु पर्दछ । आलोचना गर्दा पार्टीको विधी र पद्धतीको रक्षा हुन्छ ।’ पार्टी भित्रका भजन मन्डलीले नेत्त्रित्वलाई अलमलमा पारिरहेको समेत सिंहले बताए ।
आइतबार नेपाली काँग्रेस किर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले कांग्रेसको इतिहास राम्रो छ, भन्दैमा चुप लागेर बसे आगामी चुनावमा जनताले त्यसको नतिजा देखाईदिने बताए । इतिहास राम्रो छ, अझै राम्रो गर्नका लागी सबै नेता कार्यकर्ता लाग्नु पर्ने उनको धारणा थियो ।
उनले १३औं महाधिवेशन पछि कांग्रेस इतिहासको कम्जोर अवस्था आईपुगेको पनि बताए । अहिले कै अवस्था कायम रहे राष्ट्रिसभाको चुनावमा भाग लिनबाट पार्टी बञ्चित हुनुपर्ने जोखिम आएको भन्दै त्यसको जिम्मेवारी बर्तमान नेतृत्वले लिनुपर्ने पनि उनले बताए ।
विवाद मिलाउन पर्नेमा नेतृत्वले त्यसो गर्न नसकेको आरोप उनले लगाए । केही व्यक्तिले आफ्नो पक्षमा मत लिनको लागी धाधली गरेको पनि उनले बताए । सिंहले सदस्याता वितरणमा केही पुराना कांग्रेसीहरुलाई अन्याया भएको समेत बताए । तपाई हामीले नै हो हाम्रो संस्कृति सम्पदा बचाउने हो । विकास निमार्णका काममा हाम्रा संस्कृतिहरु मास्न हुँदैन । हाम्रो संस्कृतिलाई जोगाउन सबै लाग्नुपर्दछ ।
पार्टीभित्रको बेथीती र विकृत अन्त्यका लागी नयाँ पूस्ता आउनु पर्ने उनको धारण थियो । विधि र पद्धतीको पालना गर्नु पर्छ भन्ने पार्टीले नै विधीको शाशन मान्न छोेड्यो भने जनताले विश्वास नगर्ने उनले टिप्पणी गरे । ‘देशमा लोकतन्त्र जोगाउनको लागी पनि काँग्रेसमा विधि पद्धती जोगाउन जरुरी छ । सक्षम प्रभावकारी पार्टीको रुपमा स्थापना पनि पहिले पार्टी भित्र विधिपद्धतीको स्थापना गर्नुपर्दछ, उनले भने, ‘त्यसो गर्न नसके प्रजापरिषद्को बाटोमा नेपाली कांग्रेस जान्छ ।’
नेता सिंहले आगामी महाधिबेशनमा पार्टी सभापतिको उम्मेद्वार बन्न आफु तयार रहेको पनि बताए । पार्टीलाई वडा देखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनको लागी आफु सभापति बन्नु पर्ने उनको तर्क थियो । पार्टीको तल्लो तह देखि नै संघर्ष गर्दै आएकाले सबैको दुख र संघर्ष बुझ्ने क्षमता भएको आफु एक्लो नेता भएको उदाबी पनि उनले गरे ।
‘जनताको नजरबाट गिरिसकेका नेतालाई अगाडी राखेर जतिसक्दो राम्रो काम गरेपनि जनताले पत्याउँदैनन् । उनले भने, ‘लोककतन्त्र जोगाउनको लागी नेतृत्व परिवर्तन आवश्यक छ । विधि र पद्धती जोगाउनको लागी पनि नेतृत्व परिवर्तन आवश्यक छ ।’
आफुलाई विगतमा पनि चुनाव लड्छु भन्दा कसैले नपत्ताएको तर पछि भोट गणना गर्दा क्षमता देखेको उनले स्करण गरे ।
फरक प्रसङ्गमा नेता सिंहले ओली सरकारले न्यायापालिकालाई हस्तक्षेप गर्दा न्यायालयमा अहिलेको अबस्था सिर्जना भएको दाबी पनि गरे । उनले अदालत लगायतका निकायमा राजनीतिक नियुक्त, संविधानको भावना विपरीत काम गर्दा समस्या उत्पन्न भएको जिकिर समेत गरे ।