logo

२०८१ पुष २३ मंगलबार

logo
  • मंगलबार, २३ पुष २०८१
  • भारत, अमेरिका, बेलायतका प्रस्तावित राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु

    भारत, अमेरिका, बेलायतका प्रस्तावित राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु

    2.1K
    Shares

    काठमाडौं । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ । 

    संसदीय सुनुवाई विशेष समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले भारतका लागि प्रस्तावित राजदुत डा. शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदुत श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदुत ज्ञानचन्द्र आचार्यविरुद्ध १० दिने उजुरी आह्वान गरेको हो ।

    गत कात्तिक ११ गते बसेको मन्त्रीपरिषद बैठकले राजदुत नियुक्त गर्न सिफारिस गरेका राजदुतहरुविरुद्ध उजुरी आह्वान गरिएको छ । प्रस्तावित राजदुतहरुविरुद्ध उजुरी दिन आह्वान गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले सो उजुरीको सूचना भोली बुधबार सरकारी सञ्चार माध्यामबाट प्रकाशित गरी नागरिकलाई सो बारे जानकारी दिन समितिका सचिवलाई निर्देशन समेत दिए । 

    सभापति कर्णले भने, ‘भारत, अमेरिका र बेलायतका लागि समितिमा प्रस्तावित राजदूतहरुको नाम सुनुवाईको लागि प्राप्त भएअनुसार नागरिकलाई जानकारी गराउने र प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा सूचना तथा उजूरी संकलन गर्ने उद्देश्यले सरकारी सञ्चार माध्यममार्फत् सूचना सार्वजनिक गर्न समिति सचिवलाई निर्देशन दिन्छ ।’

    प्रस्तावित राजदुतविरुद्ध १० दिन भित्र परेको उजुरीमाथि छलफल गरेपछि समितिले उनीहरुको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend