logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, १४३ जना संक्रमित थपिए

    कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, १४३ जना संक्रमित थपिए

    3.1K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोरोना संक्रमित थपिएका छन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १ हजार ९सय ८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जना र ३ सय ५३ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी १४३ जना नयाँ संक्रमित थपिएका हुन् ।

    मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने ५ सय ६३ जना कोरोना मुक्त भएका छन् । 
    मंगलबारसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार ३७५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ भने ७ लाख ९५ हजार ३९७ जना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७१३ जना रहेका छन् । 

    corona update.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend