आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

खुकुरी रम अब नयाँ प्याकेजिङका साथ बजारमा 

खुकुरी रम अब नयाँ प्याकेजिङका साथ बजारमा 

काठमाडौं । लोकप्रिय मदिरा ब्राण्ड खुकुरी रम नयाँ प्याक (प्याकेजिङ) का साथ बजारमा आएको छ । नेपाल डिष्टिलरीले शुक्रबार साँझ कार्यक्रम गरी उक्त ब्राण्डको नयाँ प्याकेजिङ सार्वजनिक गरिएको हो । 

विगत २० बर्षदेखि अस्तित्वमा रहेको प्याकेजिङलाई परिवर्तन गरी आकर्षक डिजाइनको प्याकमा उक्त ब्राण्डलाई बजारमा ल्याइएको छ । नेपाल डिष्ट्रिलरी १९५९ मा स्थापना भएको कम्पनी हो । पछिल्लो समयमा यो कम्पनीको स्वामित्व चौधरी समूहका वसन्त चौधरीले समेत किनेका छन् । 

कम्पनी स्थापनाको ६२औं बर्षमा समय र ग्राहकको मागलाई मध्यनगर गर्दै प्याकेजिङ परी अझ आकर्षत र वातावरणमैत्रीरुपमा खुकुरी रम बजारमा ल्याइएको कम्पनीको भनाई छ । लण्डनको विश्वविख्यात कम्पनीले यो प्याकेजिङको डिजाइन गरिएको जनाइएको छ । 

खुकुरी रमले आफ्नो प्याकेजिङ परिवर्तन गर्नुअघि ग्राहकमाझ अध्ययनसमेत गरेको थियो । त्यस क्रममा प्राप्त सुझावलाई समेत ध्यानमा राखेर यसको डिजाइन गरिएको कम्पनीको भनाई छ । प्याकेजिङ परिवर्तन गरे पनि ब्राण्डको ब्लेण्ड र स्वादमा परिवर्तन गरिएको छैन् । 

नयाँ प्याकेजिङका साथ बजारमा आउने क्रममा विगत २० बर्षदेखि अस्तित्वमा रहेको पूरानो प्याकको अन्तिम ब्याजका उत्पादनहरु एक महिनाअघिदेखि बन्द गरिएको थियो । हाल नेपालबाहेक १३ देशमा उपलब्ध खुकुरी रम एकै पटक सबै मुलुकमा नयाँ प्याकेजिङका साथ ल्याइएको छ । 

नयाँ प्याकेजिङले ग्राहकको मन जित्ने विश्वास कम्पनीका महाप्रवन्धक सुभाष लामिछानेको छ । उनले नेपालबाट उपहारको रुपमा विदेशमा सबैभन्दा धेरै लगिने ब्राण्ड भएको पनि बताए । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend