logo

२०८१ पुष २४ बुधबार

logo
  • बुधबार, २४ पुष २०८१
  • सर्वोच्च परिषरमा पत्रकारलाई प्रवेश निषेध

    सर्वोच्च परिषरमा पत्रकारलाई प्रवेश निषेध

    1.9K
    Shares

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै काननु व्यवसायीले जारी राखेको आन्दोलनको रिपोर्टिङ गर्न जाने पत्रकारहरुलाई प्रवेश निषेध गरिएको छ ।

    आइतबारसम्म पत्रकारहरु सर्वोच्च परिसरभित्रै प्रवेश गरी रिपोर्टिङ गर्दै आएका थिए । सोमबार भने पास भएका पत्रकारहरुलाई समेत प्रहरीले प्रवेशमा रोक लगाएको हो ।

    सर्वोच्च परिसरमा सुरक्षार्थ खटिएका प्रहरीले ‘माफ गर्नुहोला, आज पास भएका र नभएका सबै पत्रकारहरुलाई प्रवेश गर्न नदिने निर्देशन छ,’ भन्दै पत्रकारलाई प्रवेश गर्न दिएका छैनन् । 

    प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि उनीविरुद्ध नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले कात्तिक १४ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् । आन्दोलनलाई लक्षित गरी सर्वोच्च अदालत भित्र र बाहिरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend