logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • थपिए ४१२ जना संक्रमित, १ जनाको मृत्यु

    थपिए ४१२ जना संक्रमित, १ जनाको मृत्यु

    4.5K
    Shares

    काठमाडौं । बुधबार थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    १० हजार १ सय ६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जना र १ हजार ८ सय ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २०२ जना निको भएका छन् ।

    बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १३ हजार २५८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४८३ पुगेको छ भने ७ लाख ९८ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् ।

    र हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६३६ जना रहेका छन् । जसमध्ये ७ हजार १६३ जना होम आइसोलेसनमा र ४७३ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २२४ जना आईसीयू र ६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend