logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • १२ हजार परीक्षणमा ४१२ जनामा कोरोना संक्रमण

    १२ हजार परीक्षणमा ४१२ जनामा कोरोना संक्रमण

    2.9K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०६ पीसीआर र १८८७ एन्टिजेन गरी ११ हजार ९९३ परीक्षणमा ४१२ जनामा संक्रमण पुष्टि भएको हो ।

    पीसीआर परीक्षणबाट परीक्षणमा ३६३ जना र एन्टिजेन परीक्षणबाट ४९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २०२ रहेको छ भने कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार ६३६ रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend