काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका लागि उम्मेद्वारी दिने घोषणा गरेका छन्।
आइतबार काठमाडौँमा बिशेष पत्रकार सम्मेलन गरेर रावलले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका हुन्। रावलले आफ्नो उम्मेद्वारी राष्ट्रियता रक्षा नेपालको स्वत्रन्त्रता र स्वाधिनता र सम्बृद्धिका लागी आफुले उम्मेद्वारी दिने निर्णय गरेको जनाएका छन्।
पत्रकार सम्मेलनमा रावलले थापाथलीस्थित पार्टी कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेको ठाउँ नपाएको गुनासो गरे । पार्टी महासचिवले महाधिवेशनका कारण कुनै पनि कक्ष खाली नभएको जानकारी पाएपछि बाहिर पत्रकार सम्मेलन गर्नु परेको उनले बताए ।महाधिवेशनलाई आन्तरिक एकता र समझदारीको थलो बनाउनुपर्ने भएपनि अपानि लागू नहुँदा सम्झदारीमै व्यवधान हुनसक्ने आशंका कायमै रहेको उनले बताए ।